You are viewing the translated version of सूचना वा मद्दत नदिने व्यक्तिलाई दण्ड सजाय.
Section 15
सूचना वा मद्दत नदिने व्यक्तिलाई दण्ड सजाय
यस ऐन विपरीत कार्य हुन लागेको भैरहेको वा भैसकेको कुरा थाहा पाएपछि सो कुराको सूचना दिनुपर्ने वा २आन्तरिक राजस्व कार्यालय वा करदाता सेवा कार्यालयले मागेको बखत मद्दत दिनुपर्ने कर्तव्य भएको कुनै व्यक्तिले जानी जानी त्यस्तो सूचना वा मद्दत नदिएमा निजलाई कसूरको प्रकृति हेरी तीन महिनासम्म कैद वा दश हजार रुपैयाँसम्म जरिबाना वा दुवै सजाय हुनेछ ।